थप पाँच सय ४२ जनामा सङ्क्रमण पुष्टि
काठमाडाैं | भदौ २, २०७९
काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार नौ सय ३० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ९४ हजार छ सय १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक लाख ४८ हजार चार सय ६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप चार सय २१ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार तीन सय ५८ पुगेको छ ।
यस रोगका कारण पछिल्लो समय कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । त्यसैगरी पछिल्लो समय ९७ हजार छ सय ५७ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ६५ पुगेको छ । तीमध्ये होम आइसोलेशनमा पाँच हजार ६७, संस्थागत आइसोलेशनमा एक सय ९८, आइसीयूमा ५४ र भेन्टिलेटरमा सात जनाले उपचार गराइरहेका छन् ।
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...
काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म ...
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरे...

